ओली गृहमन्त्री सुजाता पररास्ट्रमन्त्रि ! दुवै उपप्रधानमन्त्री हुने सम्भावना

नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले कुनै पनि हालतमा आफ्नी छोरी सुजाताको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराउने अड्डी कसेका छन् भने एता सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री माधव कुमार नेपालले भने आफ्नै पार्टीका अर्का शशक्त नेता के पी ओलीलाई उपप्रधानमन्त्री सहित गृह मन्त्रि बनाउन रणनीति बनाउन थालेका छन् |

नेकपा माओबादी सत्ता बाट बहिरिएपछी दोस्रो ठुलो दल नेपाली कांग्रेस आफैले किन नेतृत्वको दावी नगरी एमाले लाई समर्थन गर्यो भन्ने प्रश्नको जवाफ बल्ल मिल्न थालेको छ |बयोबृद्ध पार्टी सभापति गिरिजा प्रसाद कोइराला राजनीति बाट बिदा लिनु अगी आफ्नो छोरीको भबिस्य बाट चिन्तित रहेका देखिन्छन |उनि आफू राजनीति बाट बिदा लिनु अघि आफ्नी छोरी सुजाता लाई आफ्नो ठाउमा राखेर मात्र आफु बिदा लिन चाहन्छन | कांग्रेसले आफै नेतृत्वको दावी गर्न सक्थ्यो |तर पनि अहिलेको राजनीतिक तरलता लाई ध्यानमा राखी गिरिजाले मौकामा चौका हान्ने रणनीति तयार गर्दै एमालेलाई सरकार बनाउन सहयोग गरेको कुरा स्पस्ट हुन्छ |

मंगलबार प्रधानमन्त्रि द्वारा २२ दल को बैठक बोलाएपनि १८ दल मात्रको उपस्थितिमा बैठक बसेको थियो |उक्त बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमका बारेमा छलफल भै मन्त्रालयको बारेमा छलफल नहुदै बैठक समाप्त गरि प्रधानमन्त्री माधब कुमार नेपाल र गिरिजा कोइराला बीच छलफल भएको थियो |सो छलफल मा कोइरालाले प्रम लाइ आफ्नी छोरी सुजाता लाई भोलि (बुधबार) पररास्ट्र मन्त्रीमा नियुक्त गर्न अनुरोध गरेको बुझिएको छ |

सधै किचलो हुने मन्त्रालय भनेर बुझिएको गृह र अर्थ मन्त्रालय एमालेलाई सजिलै प्रदान गर्नुको पछाडी पनि कोइरालाले कांग्रेसका बरिष्ठ नेताहरु यो मन्त्रि मण्डलमा सहभागी नहोऊँन भन्ने सोचले नै प्रेरित गरेको बुझिन्छ |

प्राप्त जानकारी अनुसार भोलि बुधबार साझ सम्ममा मन्त्रिमण्डलको बिस्तार गरिदै छ |सो मन्त्रिमण्डलमा एमालेबाट केपी ओली गृह सहित उपप्रधानमन्त्री ,कांग्रेस बाट सुजाता कोइराला पररास्ट्र सहित उपप्रधानमन्त्री फोरम बाट विजय कुमार गच्छदार , जे पी गुप्ता मन्त्रि हुने सम्भावना प्रबल छ |त्यस्तै कांग्रेस बाट सुजाता सहित उमाकान्त चौधरी, पूर्णकुमार शेर्पा र मृगेन्द्र रिजाल पनि मन्त्रि मण्डलमा पर्ने सम्भावना छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.